आज ११ कम्पनीको साधारणसभा, कुन-कुनले दिन्छन् लाभांश ?



काठमाडौं । सूचीकृत विभिन्न ११ कम्पनीले आज बार्षिक साधारणसभा बोलाएका छन् ।

११ कम्पनीले सभा बोलाउँदा ५ कम्पनीले सेयरधनीलाई गत आवको नाफाबाट लाभांश दिने छन् भने बाँकी ६ वटा कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् ।

आज सभा बोलाएका मध्ये सेयरधनीलाई लाभांश दिने कम्पनीमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र सोल्टी होटल रहेका छन् ।

बाँकी ६ वटा कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । सेयरधनीको हात खाली बनाउने कम्पनीमा एनएमबि बैंक, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी रहेका छन् ।

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारणसभा आज हुँदैछ । बैंकले गत आवको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट २ र सर्वासाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने छ । सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।

एनएमबि बैंकले आज साधारणसभा बोलाएको छ । बैंकले गत आवको लाभांशबाट सेयरधनीको हात खाली बनाएको छ । यो पटक बैंकले कुनै लाभांश नदिने जनाएको छ । सभा प्रयोजनक लागि बैंकले पुस ६ गते बुक क्लोज गरेको छ ।

लुम्बिनी विकास बैंकले आजका लागि सभा बोलाएको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गरेको छ ।

सोल्टी होटलले आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ३१.५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र २६.५७ प्रतिशत नगद लाभांश रहेको छ । सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गरिसकेको छ ।

विन्ध्यवासिनी हाइड्रोपावरले आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरेको छ ।

चन्द्रागिरी हिल्सले आज सभा बोलाएको छ । कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालले आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२ प्रतिशत प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरे्को छ ।

कालिन्चोक दर्शनले आज सभा बोलाएको छ । कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरले आज सभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरेको छ ।

अरुण काबेली पावरले आज सभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले पुस १९ गते बुक क्लोज गरेको छ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले आज सभा बोलाएको छ कम्पनीले पनि सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गरेको छ । लाभांश प्रस्ताव गरेको कम्पनीको सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु