कुमारी बैंकले घटायो ब्याजदर



काठमाडौं । कुमारी बैंकले माघ महिनामा ब्याजदर घटाउने भएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको ब्याजदर घटाएको छ ।

बैंकले माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले पुस महिनामा अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो ।

बैंकले संस्थागत तर्फ मुद्दति निक्षेपमा ६.११ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले बचतमा ४.११ देखि ६.११ प्रतिशत ब्याज दिने जनाएको छ । मंसिरमा बैंकको आधारदर १०.६६ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले धमाधक ब्याजदर घटाउन थालेका छन् ।


क्लिकमान्डु