धौलागिरी लघुवित्तले यसअघि घोषणा गरेको लाभांश नदिने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने जनाएको छ । कम्पनीले यसअघि सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेर राष्ट्र बैंकमा पठाएको थियो ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको हो ।


क्लिकमान्डु