आज १२ कम्पनीको साधारणसभा, ८ वटाले बनाए सेयरधनीको हात खाली



काठमाडौं । पुस मसान्तसँगै सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो रहेको छ । आज बुधबार मात्रै १२ वटा कम्पनीले सभा बोलाएका छन् ।

यो वर्ष गत आवको नाफाबाट लाभांश दिने कम्पनी निकै थोरै रहेका छन् । आज सभा बोलाएका १२ वटा कम्पनीमा पनि ४ वटाले मात्रै लाभांश दिने छन् । बाँकी कम्पनीले सेयधरनीको हात खाली बनाएका छन् ।

आज सभा बोलाएका कम्पनीमा सेयरधनीलाई लाभांश दिनेमा नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरी र रु रु जलविद्युत आयोजना रहेका छन ।

हात खाली बनाउने ८ कम्पनीमा हिमालयन हाइड्रोपावर, सगरमाथा जलविद्युत, लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, हिमालयम पावर पार्टनर, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन लघुवित्त वित्तीय संस्था रहेका छन् ।

आज सभा बोलाएको हिमालयन डिस्टिलरीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

नेपाल ल्यूब आयलले पनि आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर सहित ५ नगद नगरी गरी ३० प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि पुस १० बुक क्लोज गरिसकेको छ । पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

मञ्जुश्री फाइनान्सले पनि आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको छ । पुस १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

रु रु जलविद्युत परियोजनाले आज सभा बोलाउको छ । कम्पनीले गत आवको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । पसु १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

लिवर्टी इनर्जी कम्पनीले आज सभा बोलाएको छ । कम्पनीले सेयधनीको हात खाली राखेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयधरनीले उसभामा गभा लिन पाउनेछन् ।

हिमालयन हाइड्रोपावर कम्पनीले आज सभा बोलाएको छ । कम्पनीले पनि सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

ङादी ग्रुप पावर कम्पनीले आज सभा बोलाएको छ । यो कम्पनीले पनि सेयरधनीका हात खाली बनाएको छ ।
सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरिसकेको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

बरुण हाइड्रोपावरले पनि आज सभा बोलाएको छ । बरुणले पनि सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सगरमाथा जलविद्युत कम्पनीले पनि सेयरधनीको हात खाली बनाएको छ । सभाका लागि भन्दै पुस १२ गते बुक क्लोज गरिसकेको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

हिमालयम पावर पार्टनर कम्पनीले सभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सेयरधनीको हात खाली बनाएको मुक्तिनाथ कृषि कम्पनीले पनि आज सभा बोलाएको छ । सभा प्रयोजननका लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

हिमालयन लघुवित्त वित्तीय संस्थाले आजका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गरिसकेको छ । पुस १५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । लाभांश घोषणा गरेका कम्पनीमा आज सम्पन्न सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु