काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको २५ लाख सहयोग
काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
सहयोग रकमले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत पुग्नुका साथै बाल स्वास्थ्य सुधारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहमति आदनप्रदान भएको छ । यो सहकार्यले बैंक तथा अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयास थप सशक्त हुने विश्वास गरिएको छ ।
एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको जनाएको छ । बैंकले देशभरका २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।