पर्यटक आगमन १० लाख नाघ्यो, कुन महिना कति ?




काठमाडौं । नेपालमा पर्यटक आगमन सन् २०२३ मा १० लाख नाघेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार गत वर्ष १० लाख १४ हजार ८७६ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल भित्रिएका यी पर्यटक अघिल्लो वर्ष सन् २०२२ को तुलनामा ४ लाख ७ जनाले बढी हो । तथ्यांक अनुसार अघिल्
वर्ष ६ लाख १४ हजार ८६९ जना पर्यटक नेपाल आएका थिए ।

यो पर्यटक आगमन सन् २०२२ को तुलनामा सन् २०२३ मा पर्यटक आगमन ६५ प्रतिशतले बढी हो ।

नेपालमा सन् २०२० पछि पर्यटक आगमनमा सुधार हुँदै गएको छ । सन् २०१९ मा नेपालमा करिब १२ लाख पर्यटक आएका थिए।

सन् २०२० मा विश्वव्यापी कोरोना महामारीले सुस्ताएको पर्यटक आगमनमा सुधार भएर पुरानै अवस्थातर्फ फर्किएको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु