एक अर्ब लगानीमा बूढानीलकण्ठमा बनिरहेको आकृति कोलोनीको काम जुनसम्ममा सकिने



काठमाडौं । बूढानीलकण्ठको हेपाली हाइटमा एक अर्ब लगानीमा आकृति कोलोनी बनिरहेको छ । सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिले बूढानीलण्ठमा १ अर्ब ६ करोड ७८ लाख रुपैयाँमा आकृति कोलोनी निर्माण गरिरहेको हो ।

७ हजार ५२५.६२ स्क्वायरमिटर क्षेत्रफलमा निर्माण हुने कोलोनीमा २८ वटा घरहरु हुनेछन् । कम्पनीले सन् २०१५ देखि रियल इस्टेट विकासमा आवासीय र व्यवसायिक सेग्मेन्टमा काम गर्दै आएको छ ।

कम्पनीले कोलोनी निर्माणका लागि ६५ करोड ४७ लाख रुपैयाँ दीर्घकालीन कर्जाको रेटिङ गराएको छ । कम्पनीले डबल बी माइनस रेटिङ पाएको छ । त्यसबाहेक ४१ करोड ३१ लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ । कम्पनीले कोलोनी निर्माणको लगानी ६१:३९ को अनुपात राखेको छ ।

हालसम्ममा कोलोनी निर्माणको आर्थिक प्रगति ९२ प्रतिशत भइसकेको जनाइएको छ । कोलोनीको स्ट्रक्चरल काम सम्पन्न भइसकेको छ भने इन्टेरियरको काम जारी रहेको कम्पनीले जनाएको छ । सन् २०२४ को जुनसम्ममा कोलोनीको निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले जनाएको छ । एक दशकदेखि रियल इस्टेट क्षेत्रको विकास गर्दै आएका दिपक कुँवर कम्पनीका अध्यक्ष हुन् ।

नेपाल राष्ट्र बैंकले सन् २०२४ को मौद्रिक नीतिमार्फत् डेढ करोड रुपैयाँको सीमा बढाएर २ करोड पुर्याएको छ । जसले गर्दा कर्जामा सहज हुन गइ घरजग्गाको माग बढ्ने कम्पनीको विश्वास छ ।

साथै, राष्ट्र बैंकले आवासीय घर कर्जाको जोखिमभार १०० प्रतिशत बढाएर १५० प्रतिशत कायम राखेको छ । उक्त व्यवस्थाले पनि कर्जामा सहज बनाएको कम्पनीले जनाएको छ । सरकारले घरजग्गामा देखिएका मन्दीका कारण लचकता नीति अपनाएको हो । जसले गर्दा आगामी दिनमा माग बढ्ने व्यवसायीहरुको भनाइ छ ।


क्लिकमान्डु