वायुसेवा निगमलाई बचाउन ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ, कोकोहोलो नगरौं: मन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमलाई बचाउन ग्राउण्ड ह्याण्डलिङ आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले निगमलाई ग्राउण्ड ह्याण्डलिङ आवश्यक रहेको र कसैले बिरोध र समर्थन गर्दैमा नखोसिने बताए । निगम बाँच्ने आधार नै ग्राउन्ड ह्याण्डलिङ भएको उनको भनाइ छ । प्राधिकरणका कर्मचारीलाई निगमको बिरोध नगर्न पनि उनले सुझाए । सरकारले गर्ने निर्णयमा नियामकको हस्ताक्षेप पनि नहुने उनले बताए । उनले
२५ बर्समा नेपाल संसारकै नमूना गन्तव्य बन्ने बताए ।


क्लिकमान्डु