कांग्रेस केन्द्रीय समितिलाई अर्थमन्त्रीको ब्रिफिङः अर्थन्त्रमा सुधार आउन थाल्यो



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिमा अर्थतन्त्र सुधारमा जान थालेको ब्रिफिङ गरेका छन् ।

शनिबारको केन्द्रीय समिति बैठकमा कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री मतले घरजग्गा र सेयर बजारसँगै अर्थन्त्रमा सुधार आउन थाल्यो बताएका हुन् ।

मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशा नामक प्रतिवेदन पेस गर्दै आफूले प्रतिकूल अवस्थामा अर्थमन्त्रीको कार्यभार सम्हालेको बताउँदै उनले आफ्नो पहल र नीतिका कारण अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरे ।

कोरोना महामारीको समयमा बैंकिक प्रणालीबाट अत्यधिक कर्जा विस्तार भए पनि घरजग्गा सेयरबजार र आयातमा गएको हुँदा अर्थतन्त्र दबाबमा परेको उनले बताए ।

कोरोना महामारीको समयमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीति र सरकारको खुकुलो वित्त नीतिका कारण यस्तो अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘बैंक तथा वित्तीय प्रणालीबाट कर्जा प्रवाह २०७७ असार मसान्तमा ३२ खर्ब १० अर्बबाट वृद्धि भै २०७९ असार मसान्तसम्म ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको अवस्था थियो । सो कर्जा घर जग्गा, सेयर, आयात तर्फ प्रयोग भएको अवस्था रहेको थियो’ डा महतले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पछिल्लो समय आफ्नो पहलमा राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको सुधार र घट्दो व्याजदरले अर्थतन्त्र सकारात्मक दिशामा जान थालेको उनको भनाइ छ ।

यस्तो छ मन्त्री महतले केन्द्रीय समितिमा पेस गरेको मुलुकको आर्थिक अवस्था र भावी दिशाबारेको प्रतिवेदन


क्लिकमान्डु