सरकारले सबै नागरिकका लागि गरिखाने ठाउँ बनाइदिनुपर्छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा अविश्वास बढेको बताएका छन् ।

‘संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणले गति नलिँदा केही कठिनाइ भइरहेको छ,’ नयाँ बानेश्वर व्यापार व्यवसायी संघको चौधौं साधारण सभा एवं सातौं अधिवेशनमा उनले भने, ‘यसमा हामी सबै जनप्रतिनिधि र सरकारले ध्यान दिनुपर्छ ।’

सरकारले सबै नागरिकका लागि गरिखाने ठाउँ बनाइदिनुपर्ने सिंहले बताए । कोभिडपछि विकासको गतिले अझै गति नलिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘युवा विदेशिने क्रमलाई रोक्न यहीँ गरिखाने वातावरण बनाउनुको विकल्प छैन, हामी त्यो वातावरण बनाउन तयार छौं,’ उनले भने, ‘म त्यो प्रतिबद्धता व्यक्त गरेन चाहन्छु ।’

संघको साधारण सभाले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

संघले अध्यक्षमा सर्वसहमति जुटाइसकेको छ । वर्तमान अध्यक्ष नवीन लुइँटेलकै नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन हुनेछ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३१ का ५०१ व्यापारी व्यवसायी सदस्य रहेको संघ २०६३ सालमा स्थापना भएको हो ।


क्लिकमान्डु