भैरहवा विमानस्थल बन्द भएपछि बुद्ध एयरका सबै उडान रद्द



काठमाडौं । खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थल बन्द भएपछि बुद्ध एयरलाइन्सका सबै उडान रद्द भएका छन् ।

शुक्रबार बिहानबाट भैरहवा विमास्थल बन्द हुँदा एउटा पनि उडान हुन नसकेको बुद्ध एयरलाइन्सका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए ।

भैरहवा विमानस्थलमा उडान र अवतरण गर्न १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, शुक्रबार दिनभर हुस्सु लाग्दा भिजिबिलिटी कम भएको थियो ।


क्लिकमान्डु