अमेरिका र युरोपको रोजगारीमा जानेलाई ५ सय डलर सटही सुविधा, अन्यलाई २ सय मात्रै



काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिका र युरोपमा रोजगारीमा जाने नागरिकलाई ५ सय रुपैयाँसम्मको डलर सटही सुविधा दिने भएको छ ।

विहीबार राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलब्ध गराउने रकम जापान, दक्षिण कोरिया, युरोप महादेश, अमेरिका र क्यानडा जानेका हकमा ५ सय डलर दिइने व्यवस्था गरेको हो ।

अन्य मुलुकको हकमा भने २०० डलर मात्रै पाइने राष्ट्र बैंकले जारी गरेको एकीकृति निर्देशनमा उल्लेख छ । यस अघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई जुनसुकै मुलुकमा जाँदा पनि २ सय डलर मात्रको सटही सुविधा दिने गरिएको छ । पर्यटक भिसामा जानेको हकमा भने राष्ट्र बैंकले १५ सय डलरसम्मको सटही सुविधा दिँदै आएको छ ।

राष्ट्र बैंकले सुन बिक्रेता वाणिज्य बैंकबाहेक अर्को बैंकमा भएको खाताबाट पनि भुक्तानी हुन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्थाअनुसार सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभए पनि पनि अन्य बैंकमा रहेको निजको खताबाट रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु