नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जना परे शर्ट लिस्टमा




काठमाडौं । नागरिक लगानी कोषमा रिक्त कार्यकारी निर्देशकका लागि ५ जनाको नाम शर्ट लिस्ट (प्रारम्भिक छनोट)मा परेको छ ।

कोषमा खुला प्रतिस्पर्धाबाट हुन लागेको नियुक्तीमा ५ जनाको नाम शर्ट लिस्टमा परेको हो । शर्ट लिस्टमा परेका ५ जनाको अन्तवार्ताको मिति समेत तय भएको छ ।

शर्ट लिस्टमा पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ रहेका छन् । शर्ट लिस्टमा परेका ५ जनामध्ये कार्कीको अन्तवार्ता तथा प्रस्तुतिकरण पुस १७ गते मंगलबार ९ बजे, पण्डितको १० बजे, पंगेनीको ११ बजे, अधिकारीको ३ बजे र श्रेष्ठको ४ बजे हुनेछ ।

अन्तवार्ता तथा पस्तुतिकरण कोषको कायालय नयाँ बानेश्वरमा हुनेछ ।


क्लिकमान्डु