ठूला आयोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न विनोद चौधरीको आग्रह



काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालका ठूला परियोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न नेपालका लागि चीनका राजदूत यु होङलाई आग्रह गरे ।

मंगलबार चौधरी ग्रुपको अवलोकन भ्रमणमा आउनु भएका चिनियाँ राजदूतावासका उच्चपदस्थ अधिकारीहरुलाई स्वागतगर्दै अध्यक्ष चौधरीले चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेकोमा पनि जोड दिए ।

‘पक्कै पनि नेपालमा चिनियाँ लगानी बृद्धि भईरहेको छ । तर, जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ,’ अध्यक्ष चौधरीले भने, ‘नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ ।’

नेपालका वृहत परियोजनामा चिनियाँ र नेपाली लगानीकर्ताबीचको साझेदारी प्रभावकारी हुने धारणा राख्दै अध्यक्ष चौधरीले त्यसका लागि दुवै देशका सरकारले आ–आफ्नो देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्ने बताए ।

नेपालमालगानीको वातावरण कमजोर रहे पनि लगानी पश्चातको प्रतिफल अन्य राष्ट्रहरूको भन्दा उच्च रहेकाले विश्वभर लगानी फैलाई रहेका चिनियाँ लगानीकर्ताका लागि छिमेकी देश नेपाल आकर्षक गन्तब्य बन्ने उनले बताए ।

चिनियाँ राजदूत होङले नेपाल र चीनबीचको आर्थिक सम्वन्ध थप बलियो बन्दै गएकोमा खुसी ब्यक्त गर्दै दुई देशका निजी क्षेत्रबीच सहजीकरण गर्न आफु तयार रहेको बताए ।

उनले चीनसँगको व्यवासायिककारोबारमाकुनै समस्या छ किभन्ने चासो समेत राखेका थिए । नेपालमा चौधरी ग्रुपले सामाजिक क्षेत्रमा पु¥याएको योगदान सकारात्मक रहेको उनले बताए ।

नेपाल र चीनका विभिन्न शहरहरूबीच सिधाहवाई सम्पर्क कायम हुनुले २ देशबीचको आर्थिक सम्वन्ध पनि विस्तार हुदै जाने विश्वास व्यक्त गरे ।


पुष्प दुलाल