यूएईबाट त्रिभुवन विमानस्थल आएको विमानको शौचालयमा मृत शिशु फेला



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानमा नवजात शिशु मृत भेटिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको जानकारी दिए ।

‘बिहान ९ बजे त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत फेला परेको हो । शिशु हेर्दा मिसक्यारेज (समय नपुगी) जन्मेको जस्तो देखिन्छ’ उनले भने ।

झाले आमा (नेपाली महिला)लाई उपचारका लागि प्रहरीले अस्पताल लगेको जानकारी दिए ।


क्लिकमान्डु