काठमाडौंका यी ठाउँमा शनिबारसम्म ४ घण्टा बिजुली नआउने



काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिहान साढे ९ देखि २ बजेसम्म् विद्युत अवरुद्ध हुने जनाएको हो।

बुधबार चपली तथा बूढानीलकण्ठ र बिहीबार गोंगबु बसपार्कआसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। यस्तै शुक्रबार चपली तथा हात्तीगौँडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु