निर्माणाधीन मन्त्री क्वाटरको टहरामा आगलागी



काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री क्वाटरमा आगलागी भएको छ । मन्त्री निवास बनाउन मजदुरहरुको टहरामा आगलागी भएको हो ।

प्रहरीका अनुसार मजुरहरुले खाना पकाउने क्रममा टहरामा आगलागी भएको थियो ।

११ बजेतिर लागेको आगो केही बेरमा नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान जलेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु