ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णयविरुद्ध निगमका कर्मचारी १२ दिनदेखि आन्दोलित



काठमाडौं । ग्राउन्ड ह्यान्डलिङ खोस्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध नेपाल वायुसेवा निगमका कर्मचारी १२ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

प्राधिकरणले मंसिर १५ मा निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध कर्मचारीले निगमको केन्द्रीय कार्यालय नयाँ सडकमा दैनिक धर्नासहित विरोधका कार्यक्रम गरिरहेका छन् ।

निगमका प्रवक्ता रमेश पौडेलले कर्मचारिको आन्दोलन निगम बचाउने प्रयास भएको बताएका छन् । निगमलाई नै ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने निर्णय नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

निगमका कर्मचारी डा‍‌. ऋषि पन्थीले प्राधिकरण स्वार्थ समूहको चंगुलमा परेर निगमविरुद्धका गतिविधिमा लागेको बताए ।

आन्दोलनरत कर्मचारीले प्रधानमन्त्री, पर्यटनमन्त्रीसहित स्वतन्त्र पार्टीलगायतका दललाई निगम बचाउन आग्रह गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए

निगमका कर्मचारी पन्थीले निगमको विरुद्ध लाग्नेहरुप्रति कडा टिप्पणीसमेत गरे । निगमका कर्मचारी निगम जोगाउने आन्दोलन गरिरहेकै समयमा केही निगम विरोधीहरुले आफूहरुको आन्दोलन दबाउन खोजेकाले उनकाे आराेप छ । निगम बिरोविरुद्ध कर्मचारीले कारवाही गर्नेसम्मको चेतावनी पनि पन्थीले दिए ।


क्लिकमान्डु