४ करोड लागतमा चोभारमा बनेको क्यानओपी जीपलाइन सञ्चालनमा, कति लाग्छ शुल्क ?



काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ ।

शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरिन् । सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् ।

क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । सुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीनवटा अनुभव लिन सकिने सञ्चालकहरुको भनाइ छ । जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गरे । उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए । उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर् बताए ।

उनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक् जानकारी दिए ।

जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए । स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको बताए ।

कार्यक्रममा वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताए । ‘यो ठाउँलाई हामीले भोलिको दिनमा पर्यटकीय हव बनाउनको लागि लगानी गरिरहेका छौँ । यसलाई पर्यटकीय हव बनाउन सबैको सहयोग चाहिन्छ’ उनले भने ।

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहीत रहेको बताइन् । बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताइन् ।


क्लिकमान्डु