कर्णाली र गण्डकीका केही भागमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सामान्यतया सफा



काठमाडौं । कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही भागमा शनिबार हिमपात पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । अन्य प्रदेशको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा आइतबार पनि हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।


क्लिकमान्डु