कात्तिकसम्म करिब सवा अर्ब पुनर्कर्जा प्रदान, कति छ बक्यौता ?
काठमाडौं । कात्तिक मसान्तसम्म राष्ट्र बैंकले सहुलियत दरमा १ अर्ब २० करोड रुपैयाँ पुनर्कर्जा प्रदान गरेको छ ।
कात्तिक मसान्तमा १ लाख ४१ हजार ३ सय ६९ ऋणीलाई प्रवाह भएको १ खर्ब ८४ अर्ब ५१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५८ हजार ४३ ऋणीलाई प्रवाह भएको १ खर्ब २८ अर्ब ५५ करोड कर्जा बक्यौता रहेको छ ।
महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार ७ सय ७६ महिला उद्यमीलाई प्रवाह भएको ५३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५ सय ५० ऋणीको २ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० कात्तिक मसान्तमा २६ करोड ७७ लाख बक्यौता रहेको छ ।