आँखुखोला जलविद्युत कम्पनीले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीले पुस २० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ । मंसिर मसान्तसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।