चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, नगद भन्दा बोनस बढी
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेकोमा १० प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीले पुस २० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।