सेयर बजारमा दोहोरो अंकको गिरावटः कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

कारोबारको सुरुमा घटेको बजार इन्ट्रा डे कारोबारमा बढेर १८५७.२९ बिन्दुसम्म पुगेको थियो । कारोबार सुरुभएको ४५ मिनेटपछि घट्न थालेको बजार अन्तिम समयसम्म कायमै रह्यो । अन्तिम तीन मिनेटमा भने बजार करिब ४ अंकले बढ्यो । समग्रमा बजार मापन गर्ने सूचक १०.१० अंकले घटेर परिसूचक १८३७.७१ बिन्दुमा रोकिएको छ ।

२९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको २.७४, विकास बैंक १५.०१, वित्त १३.८१, होटल ८७.५१, जलविद्युत ११.७३, उत्पादन तथा प्रशोधन १२४.५६, माइक्रोफाइनान्स २९.९१, निर्जीबन बीमा ४२.०३ अंकले घटेको छ । यस्तै जीवन बीमा समूहको उपसूचक १६.९३ अंकले बढेको छ ।

कारोबारमा सिंगटी हाईड्रो इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा बिशाल बजार कम्पनी, माउन्टेन इनर्जी, उन्नती सहकार्य लघुवित्त, एनआरएन इन्फ्रास्टक्चरका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड २९ लाख ५७ हजार ६२४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सिटिजन्स लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ ।


क्लिकमान्डु