११ महिनामा ९ लाख १८ हजार पर्यटक भित्रिए, पर्यटक आगमन ६८ प्रतिशतले बढ्यो



काठमाडौं । पछिल्लो ११ महिनामा ९ लाख १८ हजार ३०८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा सन् २०२३ को जनावरीदेखि नोभेम्बरसम्म भित्रिएका पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७.८९ (करीब ६८) प्रतिशतले बढी हो । गत वर्षको जनावरीदेखि नोभेम्बरसम्ममा ५ लाख ४६ हजार ९३२ पर्यटक नेपाल आएका थिए ।

यो वर्ष नोभेम्बरमा भित्रिएका पर्यटक सन् २०१९ पछिकै सबैभन्दा धेरै हो । सन् २०२३ को नोभेम्बरमा १ लाख ८ हजार ६३० पर्यटक नेपाल आएका छन् । यो पर्यटक अगामन गत वर्ष २०२२ को नोभेम्बरको तुलनामा ३५ हजार ९७७ जना बढी हो । यस्तो पर्यटक आगमन गत वर्षको तुलनमा यो वर्षको नोम्भेम्बरमा ४९.५१ प्रतिशतले बढी हो ।

कोभिड महामारी सुरु हुनु अगाडि सन् २०१९ को नोभेम्बरमा १ लाख ३० हजार पर्यटक भित्रिएका थिए । त्यसपछि नेपालमा पर्यटक आगमन कम भएको थियो । नेपालमा सन् २०१९ पछि ८३.३६ प्रतिशतले पर्यटक आगमन बढेको छ ।

नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्र्ने उत्कृष्ट १० गन्तव्यमा भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियबाट ५ हजार ६० पर्यटक आएका छन् ।

नेपाल आउने यस्तो पर्यटकमा थाइल्याण्डबाट ३ हजार ९६२, बंगलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलंकाबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक आएको नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।

यो वर्षको नोम्भेम्बरमा एसिया (सार्क)मुलुकबाट ३२ हजार ९३४, एसियाका अन्य मुलुकबाट २२ हजार ४३८, युरोपबाट २२ हजार ६९३, ओसेनियाली मुलुकबाट ५ हजार ५ सय, अमेरिकी मुलुकबाट १३ हजार ३१ र मध्यपूर्वबाट ११ हजार ३३७ पर्यटक नेपाल आएका छन् ।

नेपाल भित्रिएका पर्यटक सन २०२३ मा कुन महिना कति ?


क्लिकमान्डु