सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य हालसम्मकै उच्च



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै शुक्रबार पनि चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु