सीडीएससीले माग्यो उपप्रबन्धकसहित ६ पदमा आवेदन



काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) उपप्रवन्धक पदका लागि आवेदन माग गरेको छ ।
शुक्रबार सूचना प्रकाशित गर्दै सीडीएससीले उपप्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका विभिन्न पदमा ६ जनाका लागि रोजगारी खुलाएको हो ।

सूचनाकाअनुसार सीडीएससी तथा साधारण सेवा समूहमा नवौं तहको उपप्रबन्धक पदका लागि आन्तरिक प्रतियोगिताबाट एक जनाको पदपूर्ति गरिनेछ । त्यस्तै, वरिष्ठ अधिकृत पदका लागि पनि आन्तरिक प्रतियोगिताबाट एक जनाको पदपूर्ति गरिने गरि आवेदन माग गरिएको छ ।

उपप्रबन्धक र वरिष्ठ अधिकृत पदका लागि नेपाल सरकराबाट माध्यताप्राप्त विश्वविद्यालयबाट धितोपत्र बजार, व्यवस्थापन, वित्त, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन, जन प्रशासनलगायत वा सो सरहको विषयमा कम्तीमा स्नात्तकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको र सीडीएससीको स्थायी सेवामा एक तह मुनीको पदमा कम्तिमा चार वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्ने छ । तर, समावेशी समूहबाट सहभागी हुने कर्मचारीको हकमा भने उल्लिखित सेवा अवधिमा एक वर्ष कम सेवा अवधि भए पनि उम्मेदवार हुनसक्ने सीडीएससीले जनाएको छ ।

त्यस्तै, अधिकृत पदका लागि भने महिला समूहमा १ जनाका लागि विज्ञापन खुलाइएको छ । छैटौं तहको आईटी अधिकृत र पाचौं तहको वरिष्ठ कम्प्युटर पदका लागि खुलातर्फबाट एक/एक जनाको माग गरिएको छ भने पाचौं तहको वरिष्ठ सहायक पदका लागि मधेसी समूहबाट एक जनाका लागि रोजगारी खुलाइएको सीडीएससीले जनाएको छ ।


क्लिकमान्डु