नक्कली भुटानी शरणार्थी प्रकरण: आज आदेश आउने सम्भावना



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ ।

उच्च अदालत पाटनमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनका खोजिएको प्रकरण मन्त्री र उच्च सरकारी अधिकृत संलग्न भएको भन्दै मुद्दा चलेको हो ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।


क्लिकमान्डु