बी एन्ड बी हस्पिटलले ९ महिनामा गर्‍यो १ अर्ब आम्दानी



काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको बी एन्ड बी हस्पिटल प्रालिले ९ महिनाको अवधिमा १ अर्ब रुपैयाँ आम्दानी गरेको छ । हस्पिटलले सन् २०२३ को ९ महिनामा १ अर्ब ५ करोड २० लाख रुपैयाँ (अपरिष्कृत विवरण) आम्दानी गरेको हो ।

हस्पिटलले सन् २०२२ मा १ अर्ब ३२ करोड ७० लाख, सन् २०२१ मा ९४ करोड ८० लाख, सन् २०२० मा ८५ करोड ९० लाख र सन् २०१९ मा १ अर्ब १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् १९९४ मा स्थापना भएको हस्पिटलमा एक सय शय्याको सुविधा छ । हस्पिटलले उच्च  स्तरको मेडिकल, सर्जिकल र डाइग्नोस्टिक सेवा दिँदै आएको छ । हस्पिटलले अर्थोपोडिक्स, युरोलोजी र जनरल सर्जरीका साथै कार्डियोलोजी, न्युरोलोजी, अन्कोलोजी सेवालाई उच्च प्राथमिकतामा राखेको छ ।

अशोककुमार बाँस्कोटा, जगदीशलाल वैद्य र परिवारको स्वामित्व रहेको हस्पिटलले ९२ करोड रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

हस्पिटलले दीर्घकालीन कर्जाका लागि ८६ करोड ५४ लाख र अल्पकालीन कर्जाका लागि ५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

हस्पिटलले पछिल्ला वर्षहरुमा वार्षिक १५ प्रतिशत नाफा कमाइरहेको जनाएको छ । त्यस्तै, सन् २०२३ को ९ महिनाको अवधिमा पनि कम्पनीको आम्दानी सकारात्मक रहेको जनाएको छ ।


क्लिकमान्डु