भूकम्पप्रभावितलाई डाबर नेपालको २५ लाख सहयोग



काठमाडौं । डाबर नेपालले भूकम्पप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

डाबर नेपालले जाजरकोट भूकम्पप्रभावितको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले घोषणा गरेको रकम शुक्रबार कोषमा जम्मा गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरतसिंह बेदी र कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए ।

डाबर नेपालले भूकम्पप्रभावित जिल्लाका जनतासँग ऐक्यबद्धतामा उभिएको जनाएको छ ।


क्लिकमान्डु