मंसिरमा १२ कम्पनीले बोलाए साधारणसभा, ४ वटाले बनाए सेयरधनीको हात खाली
काठमाडौं । मंसिरमा १२ कम्पनीले साधारण सभाका लागि मिति तय गरेका छन् भने बुक क्लोजको मितिसमेत तय गरिसकेका छन् ।
मंसिरभित्रै साधारणसभा बोलाएका १२ कम्पनीमा दुई वाणिज्य बैंकसमेत छन् । १२ वटा कम्पनीमा ८ वटाले लाभांश दिने भएका छन् भने बाँकी ४ वटाले सेयरधनीको हात खाली बनाउने भएका छन् ।
सेयरधनीको हात खाली बनाउने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेसनल हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था रहेको छ ।
प्रकाशित सूचनाअनुसार माण्डु हाइड्रोपावर कम्पनीले मंसिर १५ का लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज गरेको छ । ३ गतेसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि १५ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि ७ गते बुक क्लोज गरेको छ । ६ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट ८.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै इमर्जिङ नेपालले मंसिर १५ का लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ६ देखि १५ सम्म बुक क्लोज गर्ने भएको छ । मंसिर ५ सम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले मंसिर २३ का लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ११ देखि २३ सम्म बुक क्लोज गर्ने भएको छ । १० गतेसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २४ का लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर ११ देखि २४ सम्मका लागि बुक क्लोज गर्ने भएको छ । मंसिर १० सम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर २४ का लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । मंसिर ६ सम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । बैंकले गत आवको नाफाबाट १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
युनिलिभर नेपालले मंसिर २६ का लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर ११ सम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट १५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
ग्लोबल आइएमई बैंकले मंसिर २८ का लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १२ सम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । बैंकले गत आवको नाफाबाट १ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिन गरेको प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।