आजबाट नाडा अटो शो-२०१७ सुरु



काठमाडौं । सवारी तथा सवारीजन्य बस्तुहरुको कुम्भ मेलाकै रुपमा लिइने अटो शो आज देखि सुरु हुदै छ ।

काठमाडौंको भृकुटीमन्डपमा हुने अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त समय हुदैं हो भने सवारी बिक्रेताहरुका लागि त्यो भन्दा ठूलो उत्सव हुने गरेको छ ।

उपभोक्ता एकै ठाँउमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाँउछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन् । यसले नाडा अटो शो आफैं एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । नेपालमा उपलव्ध सवैजसो दुईपाँग्रे, चारपाँग्रे, कर्मसियल तथा सवारीजन्य उत्पादन नाडा अटो शो मा राखिन्छन् ।

वर्षभरिमा बिक्री हुने कुल सवारीको करिब ४० प्रतिशत हिस्सा अटो शो ले सृजना गर्ने फेस्टिभ मोडमा हुने गरेको व्यावसयीहरु बताउँछन् । अझै व्यवसायीहरुले अटो शो मा दिने अफरले उपभोक्तालाई आर्कर्षित गर्ने गरेको छ । अटो शो लाई केन्द्रित गरेर अधिकांस बिक्रेताले अफर घोषणा समेत गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आगामी आज देखि १८ गतेसम्म नाडा अटो शो संचालन हुने छ । यसवर्ष ८३ कम्पनीले सहभागि जनाउने भएका छन् ।
अटो शोमा नेपालमा अवस्थित सम्पुर्ण ब्राण्डका चार पांग्रे, दुई पांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरु रहने छन् । मेलामा सवारीका साथसाथै बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स लगायतका स्टलहरु रहेका छन् ।

जसमा चारपाँग्रे सवारीको १६ वटा कम्पनीहरुले भाग लिने भएका छन् । त्यस्तैगरी दुईपाँग्रे सवारीका १९ वटा कम्पनी, कमर्सियल सवारीका ६ वटा कम्पनीले भाग लिने भएका छन् । त्यस्तैगरी ८ वटा बाणिज्य बैंक, १ बिमा कम्पनी तथा ३३ वटा स्पेयर्स पार्ट्स तथा लुब्रिकान्ट कम्पनीहरुले भाग लिने भएको नाडा अटो शो २०१७ आयोजक समितिका संयोजक सम्भुप्रसाद दाहालले जानकारी दिए । ‘अटो शो सवारी बिक्रेता र खदिरकर्ताका लागि ब्रान्डको रुपमा स्थापित भइसकेकोछ’, संयोजक दाहालले भने ।

राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुने उक्त अटो शोमा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ । नाडाले प्रत्येक वर्ष यस प्रकारको अटो शो आयोजना गर्दै आएको छ ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ, जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।

नाडा अटो शो अवलोकन गर्न आउनेहरूमा सर्वसाधारण बाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुने छन् । अटो शोको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल हो भने इभेन्ट व्यवस्थापक ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) रहेको छ ।


क्लिकमान्डु