ग्लोबल आइएमई बैंकको लाभांश पाउन मंसिर १२ गतेसम्म सेयरधनी बन्नु पर्ने



काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले सभा प्रयोजनका लागि मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

बैंकले गत आवको नाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १ प्रतिशत र करसहित ८ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ ।

मंसिर २८ गते हुने सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।


क्लिकमान्डु