अधिकांश विकास बैंकले घटाए ब्याजदर, कसको कति ?



काठमाडौं । अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाएका छन् । गरिमा विकास, साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योती विकास बैंकले ब्याजदर घटाएका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदमा यी पाँचवटै बैंकले मंसिर महिनाको लागि मुद्दति निक्षेपमा ९.४०% ब्याजदर रहेको उल्लेख गरेका हुन् ।

कार्तिक महिनामा औषतमा १०.२५ प्रतिशत रहेकोमा मंसिरमा घटेर औषत ब्याजदर ९.७४ प्रतिशतमा आएको हो । यी पाँच वटै बैंकले कात्तिकको तुलनामा मंसिरमा ०.८५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

यो बाहेक लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकले भने ०.३५ प्रतिशतले ब्याजदर बढाएका छन् । यी दुई बैंकले कार्तिकमा १०.२५ प्रतिशत रहेको ब्याज बढाएर मंसिरका लागि १०.६० प्रतिशत पुर्याएका हुन् ।


क्लिकमान्डु