विदेश पढ्न जाने नेपालीले तीन महिनामा गरे ३३ अर्ब खर्च, पोहोरभन्दा ८४% बढी



काठमाडौं । विदेश अध्ययन गर्न जाने नेपालीहरुले गर्ने खर्च बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेश अध्ययन गर्न जाने नेपालीले ३२ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्षभन्दा ८४.१ प्रतिशत बढी हो ।

गत वर्षको तीन महिनामा विदेश अध्ययनमा १७ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको थियो । गत वर्षभरीमा १ खर्ब रुपैयाँ खर्च भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा पहिलो ३ महिनाकै जसरी खर्च भए गत वर्षभन्दा वैदेशिक अध्ययनमा बढी पैसा जाने निश्चित छ ।

कोरोना महामारीले विदेश अध्ययन गर्न जानबाट रोकिएका नेपालीहरु पछिल्लो समय त्यसतर्फ आकर्षित भइरहेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा विदेश अध्ययनमा ८ अर्ब ९२ करोड रुपैयाँमात्र खर्च भएको थियो ।

त्यस आर्थिक वर्षमा ६७ अर्ब ७० करोड रुपैयाँ खर्च भएको थियो ।


क्लिकमान्डु