राष्ट्रपति पौडेलले दुई बहिनीको हातबाट भाइटीका लगाउने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई बहिनीहरूको हातबाट तिहारको टीका लाउने भएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका र आर्शिवाद ग्रहण गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।