लक्ष्मीपूजाको दिन सरकारले उठायो ५ करोड १० लाख राजस्व, भएन खर्च



काठमाडौं । लक्ष्मी पूजाको दिन सरकारले ५ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबार ३ करोड ५७ लाख कर राजस्व र १ करोड ५३ लाख गैरकर राजस्व संकलन भएको हो ।

लक्ष्मी पूजाका दिन सरकारी ढुकुटीबाट भने कुनै रकम भुक्तानी भएको छैन । कात्तिक २६ गतेसम्म भने सरकारले ३ खर्ब ५५ अर्ब रुपैयाँ खर्च गरेको छ । आम्दानीभन्दा बढी खर्च हुँदा सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै करिब १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठासकेको छ ।

कार्यालयका अनुसार कात्तिक २६ गतेसम्म सरकारले २ खर्ब ७६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको १९.४४ प्रतिशत हो ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । गत वर्ष कात्तिक २६ गतेसम्म सरकारले २ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व उठाएको थियो ।


क्लिकमान्डु