राष्ट्र बैंकमा सुनको असर्फी र चाँदीका सिक्का किन्नेको भीड



काठमाडौं । नेपाल राष्ट्र बैंकमा सुनको असर्फी तथा चाँदीका सिक्का किन्ने सर्वसाधारणको घुँइचो लागेको छ ।

बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा शुक्रबार सर्वसाधारणको बाक्लो उपस्थिति रहेको हो ।

आज धनतेरससमेत रहेको र सिक्का साट्ने अन्तिम दिन भएकाले मानिसको भीड भएको हो ।

नेपाल राष्ट्र बैंकले १० ग्राम सुनको असर्फी १ लाख ४ सय ८०, ५ ग्रामको सुनको ५० हजार २४० र २.५ ग्राम सुनको असर्फी २५ हजार १२० रुपैयाँमा बिक्री गरिरहेको छ ।

चाँदीको सिक्का (मेडालियन) १० ग्राम लक्ष्मी/गणेश/गजलक्ष्मी/गाई अंकित मेडालियन १६ सय र २५ ग्राम गाई अंकित मेडालियनको मूल्य ४ हजार रुपैयाँ तोकिएको निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।


क्लिकमान्डु