एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त



काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक संचालक समितिको बैठकले डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको बताइएको छ । डा. वैद्य यसअघि बैंकका संचालक सिमितिका सदस्य रहेका थिए ।

बैंकको अध्यक्षमा नियुक्त भएका डा. वैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराउने छन् ।

बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि डा. वैद्यलाई अध्यक्ष बनाइएकोे छ । श्रेष्ठको कात्तिक ६ गते सोमबार ९४ वर्षको उमेरमा निधन भएको थियो ।


क्लिकमान्डु