क्रिकेटर सन्दीपविरुद्धको मुद्दा: बहस नोट बुझाउन अदालतको आदेश



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुवै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश हो।

मुद्दाको अर्को पेसी मंसिर २४ गतका लागि तोकिएको छ । अन्तिम सुनुवाइको लागि पेस भएको आठ महिनासम्म पनि मुद्दामा ठोस निर्णय हुन सकेको छैन ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।


क्लिकमान्डु