उद्योग वाणिज्य महासंघद्वारा राहत सामग्री प्रदान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जाजरकोटको भूकम्प पीडितका लागि तेस्रो चरण अन्तर्गत विभिन्न प्रकारको राहत सामग्री सरकारलाई उपलब्ध गराएको छ ।
महासंघले गृह मन्त्रालयको विपत व्यवस्थापन समितिलाई म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री उपलब्ध गराएको हो ।
यसअघि महासंघले कात्तिक १६ गते कर्णाली च्याप्टरमार्फत र राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दोस्रो चरणको राहत सामाग्री उपलब्ध गराएको थियो । हालसम्म महासंघले २२ लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराइसकेको छ ।