जाजरकोटमा १ लाख ७९ हजार मानिस प्रभावित, ९ हजार ७ सय घर पूर्णरुपमा क्षतिग्रस्त
काठमाडौं । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झण्ड १० हजार घरधुरी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार कात्तिक १७ गतेको भूकम्प तथा २० गतेको पराकम्पका कारण जिल्लाका ७ पालिकामा १०१ जनाले ज्यान गुमाएका छन् ।
जसमा ३५ महिला १५ पुरुष २९ बालक र २२ बालिका रहेका छन् । प्रशासनका अनुसार २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।
तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो ।
यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएका छन् । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।