भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग



काठमाडौं । भूकम्प प्रभावितका लागि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पमा परि प्रभावितहरुको सहयोगका लागि सानिमा बैंकले आर्थिक सहयोगको घोषणा गरेको हो ।

विपद्को समयमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।


क्लिकमान्डु