भूकम्पमा आमाबुवा गुमाएका १० बालबालिकालाई कक्षा १२ सम्म छात्रवृत्ति घोषणा



काठमाडौं । एलए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठ र विद्या लिम्बूले भूकम्पमा आमाबुवा गुमाएका १० जना बालबालिकालाई कक्षा १२ सम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।

कांग्रेस नेता एवं पूर्वसांसद श्रेष्ठले आइतबार सामाजिक सञ्जालमार्फत जाजरकोट भूकम्पमा आमाबुवा गुमाएका १०  जना बालबालिकालाई नि:शुल्क पठनपाठन गराउने घोषणा गरेका हुन् ।

‘उच्च माध्यमकि तहसम्म एलए ग्रुपअन्तर्गतका शिक्षण संस्थाहरुबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम् २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं,’ उनले लेखेका छन् ।

राहत स्वरुप तत्कालका लागि उपलब्ध गराउने रकमले भन्दा पनि १० जनालाई उच्च माध्यमिक तह (कक्षा १२) सम्म पढाइदिन पाए दीर्घकालीन प्रभाव पर्ने उनले बताएका छन् । शिक्षाकर्मी श्रेष्ठले १० वर्षदेखि बर्सेनि एक जनालाई नि:शुल्क पढाउँदै आएका छन् ।


क्लिकमान्डु