भूकम्पपीडितलाई चीनले १० करोड रुपैयाँको राहत सहयोग गर्ने



काठमाडौं । चीनले जाजरकोट भूकम्पपीडितलाई १० करोड रुपैयाँबराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।

चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाइज रिजर्भद्वारा नेपालका भूकम्पपीडितलाई उक्त सहयोग गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङले एक्स (ट्विटर) मार्फत जानकारी गराएका हुन् ।

भूकम्पपीडितलाई चीनको तर्फबाट टेन्ट, कम्मललगायतको सामग्री सहयोग गर्ने जनाइएको छ । ती सामग्री केही दिनमै नेपाल आइपुग्ने राजदूत छनले उल्लेख गरेका छन् ।


क्लिकमान्डु