सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख १५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ ।