अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन: हरित ऊर्जामा लगानी भित्र्याउन इप्पानको पहल



काठमाडौं । ‘दिगो विकासको आधार’ भन्ने नारासहित अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन इन्डोनेसियामा सुरु भएको छ । इन्डोनेसियाको राजधानी बालीमा कात्तिक १४ देखि १६ सम्म आयोजना हुने सम्मेलनमा नेपालसहित विश्वभरका ऊर्जा उत्पादकहरुको सहभागिता छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय हाइड्रोपावर संघ (आईएचए)का अध्यक्ष तथा अष्ट्रेलियाका पूर्वराष्ट्रपति माल्कोल्म टर्नबुल, इन्डोनेसियाका ऊर्जा तथा खनिजमन्त्री अरिफिन तस्रिफलगायतले सन् २०५० सम्म जलविद्युत उत्पादनलाई दोब्बर बनाइने बताए ।

वक्ताहरुले ग्लोबल वार्मिङ रियालिटी भएको भन्दै फोसेल फ्युलको खपत घटाउनुपर्नेमा पनि जोड दिए । नेपाल हरित तथा नवीकरणीय ऊर्जाको गन्तव्य मुलुक रहेको भन्दै हरित ऊर्जाका आयोजनामा विदेशी लगानी भित्र्याउने विषयमा इप्पान प्रतिनिधि मण्डलले विभिन्न देशका ऊर्जा उत्पादकहरुसँग छलफल गर्नेछन् ।

सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधित्व गर्दै इप्पान उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल र व्यवस्थापक सुम्निमा उपाध्याय सहभागी छन् । इप्पानका सल्लाहकारद्वय भानु पोखरेल र सुशील पोखरेल पनि जलविद्युत सम्मेलनमा सहभागी छन् ।

सम्मेलनमा ऊर्जा मन्त्रालयबाट सहसचिव नवीनराज सिंह, नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रबल अधिकारी, जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमलगायतको पनि सहभागिता छ ।


क्लिकमान्डु