गत वर्षको नाफाबाट ४१ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?



काठमाडौं । गत वर्षको नाफबाट ४१ कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने कम्पनीमा वाणिज्य बैंक, लघुवित्त वित्तीय संस्था, म्युचुअल फन्डलगायत छन् । गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गर्ने अधिकांश म्युचुअल फन्ड छन् ।

अहिलेसम्म ६ वटा बैंक, ४ वटा लघुवित्त, २ वटा विकास बैंक, एउटा होटल, एउटा जलविद्युत कम्पनी र बाँकी म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई १५८० रुपैयाँ नगद लाभांश दिने भएको हो ।

लाभांश घोषणा गरेका कतिपय बैंकले साधारणसभा गरेर सेयरधनीको खातामा लाभांश पठाइसकेका छन् भने केहीको बाँकी छ । अधिकांश म्युचुअल फन्डले इकाईधनीको खातामा लाभांश पठाइसकेका छन् ।

यसपटक लाभांश घोषणा गरेका कम्पनीमा अधिकांशको लाभांश २० प्रतिशतभन्दा कम रहेको छ । केहीको १० प्रतिशतभन्दा पनि कम छ । २० प्रतिशतभन्दा बढी लाभांश दिनेमा एभरेष्ट बैंक रहेको छ । जसले सेयरधनीलाई बोनस १० र करसहित १०.५३ प्रतिशत नगदसहित २०.५३ प्रतिशत लाभांश दिएको छ ।

यस्तै एनआईसी एसिया बैंकले २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगदसहित ३०.५२ प्रतिशत लाभांश दिएको छ । एनआईसी क्यापिटलले ४६ प्रतिशत नगद र सनराइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश दिने भएका छन् ।

यस्तै सनराइज फस्ट म्युचुअल फन्डले १६, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले ६.५, सिद्धार्थ इक्विटी फन्डले ५, सिटिजन्स म्युचुअल फन्ड-२ ले ८, सिटिजन्स क्यापिटलले १२, एनएमबि हाइब्रिड फन्ड एल-१ ले १५, ग्लोबल आइएमई ब्यालेन्स फन्ड-१ ले ५, सानिमा इक्विटी फन्डले १८ र चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

यस्तै एनएमबि-५० ले १५, आरबिबि मर्चेन्ट बैंकिङले १३.१६, प्रभु सेलेक्ट फन्डले ९.५ प्रतिशत, प्रभु क्यापिटलले ६.३१, एनआईसी एसिया डाइनामिक डेप्थ फन्डले १०, एनआईसी एसिया ग्रोथ फन्डले १०.५, एनआईसी एसिया ब्यालेन्स फन्डले १०, एनआईबिएल सहभागी फन्डले ४ र एनआईबिएल प्रगति फन्डले ६.८ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन् ।

नबिल ब्यालेन्स फन्ड-२ ले ९.६, कुमारी धनवृद्धि योजनाले ६, कुमारी क्यापिटलले १५, लक्ष्मी उन्नती कोषले ९.५, लक्ष्मी इक्विटी फन्डले ८ र कुमारी इक्विटी फन्डले १० प्रतिशत प्रतिफल दिने भएका छन् ।

यसैगरी, सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगदसहित १०.५२ प्रतिशत, एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद, आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगदसहित ९.०५, युनिक नेपाल लघुवित्तले बोनस १९ र कर प्रयोजनका लागि १ प्रतिशत नगदसहित २० प्रतिशत तथा स्वाबलम्बन लघुवित्तले १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगदसहित १३.०१ प्रतिशत लाभांश दिने भएको छ ।


क्लिकमान्डु