दसैंलगत्तै भारती मानन्धरले सुरु गरिन् अनसन
काठमाडौं । भारती मानन्धरले दसैं सकिएलगत्तै रिले अनसन पुन: सुरु गरेकी छन् ।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगन्जकी मानन्धरले पुनः रिले अनसन थालेकी हुन् ।
श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
भारतीले आइतबारदेखि माइतीघर मण्डलामा रिले अनसन थालेकी छिन् । २०७२ असारमा दुई समूहबीच विवाद हुँदा बाँके नेपालगन्जका चेतन मानन्धरको हत्या भएको थियो ।