ललितपुर महानगरपालिकामा ५० जनालाई रोजगारीको अवसर
काठमाडौं । ललितपुर महानगरपालिकामा ५० जनालाई रोजगारीको अवसर खुलेको छ ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार नगर प्रहरी पदका लागि खुला प्रतियोगितात्मक परिक्षाद्वारा सेवा करारका लागि रोजगारी खुलाइएको हो । मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा ८ कक्षा पास गरेका नेपाली नागरिकले योग्यता पुगेको खण्डमा आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ ।
५० जनामध्ये २८ जना खुल्ला, ९ जना महिला, ८ आदिवासी जनजाती, २ जना दलित, १ जना थारु, १ जना मधेशी र १ जना पिछडिएको क्षेत्रबाट नियुक्त गरिने महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार कात्तिक २४ सम्म इच्छुकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।